
२९ भदौ, काठमाडौं । भारतीय कलाकार अमिताभ बच्चनले नेपालमा एसिड (तेजाब) आक्रमणमा परेका नेपालीको सहयोगमा चलाइएको अभियानकर्तामध्येका एक अभियन्ता उज्जवलबिक्रम थापालाई बधाई दिएका छन् ।
बच्चनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उज्जवलको तारिफ गर्दै बधाई दिएका हुन् । एसिड आक्रमणका पीडितका पक्षमा थापाले गरेको मेहनतले राम्रो नतिजा पाएको पनि बच्चनले बताएका छन् ।
‘उज्जवल थापा! स्याबास शेरउडियन। एसिड पीडितहरूको मुद्दामा तिम्रो कडा मेहनतले मूल्य चुकाएको छ, तिमीले शेरउड कलेजलाई मात्र नभइ राष्ट्र नेपाललाई पनि गर्व बनाएका छौं। धेरैधेरै बधाइ, राम्रो काम गरिरहनू’ अभिनेता बच्चनले ट्वीटमा लेखेका छन् ।
https://twitter.com/SrBachchan/status/1305448878125309955
बच्चन र थापा दुबै जना भारतको उत्तराखण्डस्थित शेरउड कलेजका विद्यार्थी हुन् । अभियन्ता थापाले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार लगायत अन्य काममा निरन्तर रुपमा सहयोग गर्दै आएका छन् ।