
२९ भदौ, बाँके । राप्ती सोनारी गाउँपालिका-१ भौवा भन्ने स्थानबाट १० किलो अवैध लागुऔषध अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही नगरपालिका-१५ बस्ने ५३ वर्षीय धनबहादुर सेन र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती मगर रहेका छन् ।
उक्त स्थानमा अवैध रुपमा लागूऔषध अफिमको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको अफिम सहित फेला पारी पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस