समाचार

कुलमानको पुनर्नियुक्तिबारे कुनै निर्णय भएन

Kulman Ghising

२९ भदौ, काठमाडौं । आइतबारदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएका कुलमान घिसिङलाई सो पदमा पुन: नियुक्त गर्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकबाट कुनै निर्णय हुन सकेन ।

‘बैठकमा कुरो उठेको थियो । तर प्रधानमन्त्रीले यस विषयमा केकसो हुन्छ कानुनी कुरा बुझौं भन्नुभयो, निर्णय भएको छैन,’ एक मन्त्रीले भने । स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुनले आइतबार नै घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लगेका थिए ।

सोमबारको बैठकले सरकारको प्रवक्ता पनि कसैलाई तोकेको छैन । सरकारको प्रवक्ता रहेका अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाको राजीनामा पछि सरकारको प्रवक्ता कसैलाई तोकिएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *