समाचार

बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीलाई कोरोना संक्रमण

Gyanendra Giri

२९ भदौ, काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर परीक्षणको रिपोर्टमा उनलाई संक्रमण देखिएको हो ।

उनले बिपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाउँदा अपनाउँदै संक्रमण भएको जनाएका छन् ।

‘दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गरिरहेको अवस्था थियो,’ उनले लेखेका छन्, ‘प्रतिष्ठानको नीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा व्यस्त रहँदा संक्रमण भएको छ । कुनै लक्षण नदेखिएकाले आफ्नै निवासमा आइसोलेसन बसेको छु ।’

उनले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराएर सजगता अपनाउनु पनि अनुरोध गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस