समाचार

नेपालका सात जिल्ला कोरोना संक्रमणमुक्त, कुन-कुन हुन् ?

covid 19

३० भदौ, काठमाडौं । नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको हो ।

नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित सङ्ख्या ५५ हजार ३२९ पुगे पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३९३ मात्र रहेका र बाँकी कोरोनामुक्त भइसकेको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ३९ हजार ५७६ पुगेको छ ।

त्यसैगरी शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा छन् भने पाँच सयभन्दा माथि सङ्क्रमित उपचाररत रहेका जिल्ला सातवटा छन् । सङ्क्रमित शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

यस्तै पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही छन् । प्रवक्ता गौतमले देशभरका क्वारेन्टाइनमा छ हजार ८९२ जना रहेको जानकारी दिँदै होम आइसोलेसनमा सात हजार २७५ जना रहेको बताए ।

मन्त्रालयका अनुसार काठमाडौँमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना गरी कुल ५१२ जनामा सङ्क्रमण देखिएको हो । योसँंगै काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या १२ हजार २४८ पुगेको छ ।

काठमाडौँमा १० हजार २६, ललितपुरमा एक हजार १९० र भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमित भएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस