समाचार

घरायसी विवाद हुँदा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु

Murder

३० भदौ, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–६ श्रीसियामा बाबु–छोराबीच घरायसी विवाद हुँदा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ ।

सोमवार साँझ सवा ७ बजे बाबुछोराबीच विवाद हुँदा ७० वर्षीय लक्ष्मी साह रौनियारले ३५ वर्षीय माधो साह रौनियारलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारको लागि वीरगंज ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।

रक्सी खाएर आएका लक्ष्मी र माधोबीच विवाद भएको थियो । विवादपछि लक्ष्मीले माधोलाई चक्कु प्रहार गरेको स्थानीयले बताएका छन् । चक्कु प्रहार गर्ने लक्ष्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस