समाचार

मणिपाल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

३० भदौ, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गए राती ११ बजेर २० मिनेट जाँदा पोखरा ९ का ७० वर्षीय पुरुष मृत्यु भएको हो ।

भदौ २५ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शंका लागेर स्वाब जाँच जर्दा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार भदौ २८ गते उनलाई कोरोना पुष्टि भएको हो ।

उनी क्यान्सरका पनि दिर्घ रोगी थिए । यो सँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । पछिल्लो अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३११६ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस