समाचार

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

pahiro narangadh muglin

३० भदौ, चितवन । गएराती देखि अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालले चारकिलोको पहिरो सफा गरेर साढे २ बजेदेखि सडक दुइतर्फी नै सञ्चालनमा आएको जानकारी दिए । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका थिए ।

सोमबार राति शुरुमा १०:३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको खनालले बताए । सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस