समाचार

बिपी प्रतिष्ठानका पूर्वउपकुलपति दासविरूद्ध भ्रष्टाचार मुद्दा, सात करोड बढी गैरकानुनी सम्पत्ति

aaktiyar aayog

३० भदौ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीविरूद्ध सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बिगो माग दाबी लिई अख्तियारले मंगलबार अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । दासले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले उनीमाथि अनुसन्धान गरेको अधिकारीको भनाइ छ ।

२०५० साल असार २७ गते सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गतेसम्मको अवधिमा सो रकम भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

सार्वजिनक पदमा रहँदा दासको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसा रहेकोमा उनले सोही अवधिमा १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको देखिन आएको आरोप पत्रमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस