
३० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, मंगलबार नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । संक्रमितमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३७१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस