३० भदौ, काठमाडौं । एसिड आक्रमणमा परी घाइते भएका सबैकाे आजीवन उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने समेत निर्णय भएको उनले जानकारी दिए ।
सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने समेत निर्णय भएको उनले उल्लेख गरे ।
यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस