
३० भदौ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्दशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ ।
मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका नायव कार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले बताए ।
यसअघि कोइराला प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए । विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएपछि कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।
कुलमानको मंगलबार प्राधिकरणबाट औपचारिक बिदाइसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस