अर्थनीति

अब १ र २ रुपैयाँका सिक्कामा पनि नेपालको नयाँ नक्सा राखिने

pradip

३० भदौ, काठमाडौं । सरकारले रु १ र रु २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले १ र २ का नयाँ सिक्का छाप्नका लागि राष्ट्र बैंकलाई स्वीकृति दिएको हो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णयबारे आज जानकारी गराएका हुन् ।

नेपालको नक्सा परिवर्तन भएसँगै यी सिक्कामा पनि सोअनुसार अंकित गर्न राष्ट्र बैंकलाई स्वीकृति दिइएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस