
३० भदौ, काठमाडौं । काठमाडौंको असन, इन्द्रचोकलगायतका भित्री बस्तीलाई व्यवस्थित बनाउन फुटपाथ पसल हटाउने अभियान सुरु भएको छ । बस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनका साथै पैदलयात्रुलाई समस्या परेपछि जागरुक युवा समाजले अभियान सुरु गरेको हो ।
सार्वजनिक बाटो ओगटेर राखिएका फुटपाथका पसलले भीडभाड बढेर बस्तीको सौन्दर्यतामा कमी आउने, रोग संक्रमणको जोखिम थपिने र व्यापारिक कारोबारमा कर चुहावट हुने भएकाले अभियान सुरु गरिएको बताइएको छ ।
स्थानीय युवाको सक्रियता रहेको अभियानले स्थानीय तह, सुरक्षाकर्मीलगायतसँग समन्वय गरी सम्पदामाथिको अतिक्रमण निरुत्साहित गर्ने, प्राचीन महत्वका स्थल तथा ऐतिहासिक वस्तुको संरक्षण गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस