विश्व/प्रवास

इजरायल, युएई र बहराइनबीच ऐतिहासिक सम्झौताः ट्रम्पले भने- नयाँ मध्यपूर्वको बिहानी

contract

३१ भदौ, काठमाडौं । संयूक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँगको आफ्नो सम्बन्धलाई सामान्य बनाउने एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको सुरूवात’ भनेर तारिफ गरेका छन् ।

‘दशकौंको विभाजन र संघर्षपछि आज हामीले एउटा नयाँ मध्यपूर्वको सुरूवात गरेका छौं। इजरायल, संयूक्त अरब इमिरेट्स र बहराइनका मानिसहरूलाई बधाई। ईश्वरले तपाईंहरू सबैको भलो गरून् !’, मध्यपूर्व सम्झौताको एक भिडिओ सेयर गर्दै उनले लेखेका छन् ।

डोनल्ड ट्रम्पले मंगलबारको कार्यक्रममा उपस्थित हुन ह्वाइट हाउस पुगेका मानिसहरुलाई सम्बोधन गर्दै भने, ‘आज दिउँसो हामी यहाँ इतिहास फेर्न आएका छौं । इजराइल, यूएई र बहराइनले अब आ–आफ्नो देशमा दूतावास बनाउनेछन्, राजदूत नियुक्त गर्नेछन् र सहयोगी देशको रुपमा काम गर्नेछन् । उनीहरु अब साथी हुन् ।–आफ्नो देशमा दूतावास बनाउनेछन्, राजदूत नियुक्त गर्नेछन् र सहयोगी देशको रुपमा काम गर्नेछन् । उनीहरु अब साथी हुन् ।’

https://twitter.com/SenateGOP/status/1305922237351034880

प्यालेस्टाइन रुष्ट, आपत्ति जनायोः

अमेरिका, यूएई र बहराइनले यो सम्झौतालाई ऐतिहासिक बताएको छ । संयुक्त अरब इमिरेट्स र बहराइनलाई यो सम्झौतासम्म पुर्याउनमा डोनल्ड ट्रम्पको मुख्य भूमिका रह्यो ।

इजराइल–प्यालेस्टाइन संघर्षलाई हल गर्ने उद्देश्यले जनवरीमा आफ्नो मध्य पूर्व शान्ति योजना पेश गरेका राष्ट्रपति ट्रम्पले दुबै सम्झौता गर्न मद्दत गरे ।

यसका साथै, यूएई र बहराइनले सन् १९४८ मा इजराइलको स्थापनापछि यसलाई मान्यता दिने तेस्रो र चौथो अरब देश बनेको छ ।

अघिल्लो महिना संयुक्त अरब इमिरेट्स अर्थात् यूएई पनि इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्न सहमत भएको थियो । त्यतिबेला देखि नै बहराइनले पनि यस्तै गर्नसक्ने अनुमान लगाइँदै थियो ।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले अन्य अरब देश पनि यसै दिशामा अघि बढ्ने आशा जताएका छन् । यद्यपि, प्यालेस्टाइनका जनताले अरब देशसँग जबसम्म प्यालेस्टाइन र इजराइलबीच विवाद हल हुँदैन, तबसम्म प्रतिक्षा गर्न अपिल गरेका छन् ।

स्रोतः बीबीसी  

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस