समाचार

वीपी प्रतिष्ठानमा ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

covid 19 dead

३१ भदौ, काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका सप्तरीको खडक नगरपालिका–२ का ३५ पुरुषको बुधबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि रिफर भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० गते भर्ना भएका थिए । उनी मिर्गौलाको समस्या रही हप्तामा २ पटक डायलासिस गर्दै आएका थिए ।

मृतकको शव व्यवस्थाका लागि आवश्यक तयारी भइरहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस