समाचार

कपनबाट १३ लाख लुट्ने थुनुवाको समूहलाई कोरोना संक्रमण पुष्टि

kapan lutpat

३१ भदौ, काठमाडौं । कपन स्थित आनी गुम्बा नजिक सस्तोमा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुटपाट गर्ने समूहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–११ मा उदयपुर चौदण्डीका निराहाङ राईलाई भदौ १८ को साँझ ५ जनाको समूहले लुटेका थिए । लुटपाटको उजूरीपछि महानगरीय अपराध महाशाखा र वृत बौद्धको टोलीले उनिहरुलाई पक्रेर हिरासतमा राखेको थियो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका चारजना र सर्लाहीका १ जना छन् । संक्रमण पुष्टि भएपछि आरोपीलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा भर्ना गरिएको छ । थुुनुवा बाहेक, महानगरीय प्रहरी वृत बौद्धका १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस