
३१ भदौ । काठमाडौं । मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाईजर फेला परेको छ ।
चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललतिपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको थियो ।
नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको हो ।
त्यस्तै, काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ ।
विभागले गुणस्तर हिन तथा विषाक्तयुक्त स्यानिटाइजरको बिक्री वितरण रोक्न र बजारमा बितरण भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान उत्पादकलाई आग्रह गरेको छ । गुणस्तरहीन स्यानिटाइजर प्रयोग नर्गन विभागले सर्वसाधरणलाई पनि आग्रह गरेको छ ।