समाचार

ज्वरो र श्वास फेर्न समस्या देखिएका वडा सचिवको मृत्यु

bead body tag

३१ भदौ, जाजरकोट । नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान उनको मृत्युु भएको हो ।

रुकुम(पश्चिम) मुसीकोट नगरपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए । निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए।

मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस