
३१ भदौ, दाङ । दाङको घोराही उप-महानगरपालिकामा कार्यरत ६ कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिका सिल भएको छ ।
उपमहानगरपालिकाका ६ कर्मचारीमा मंगलबार (हिजो) कोरोना पुष्टि भएपछि आजदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए ।
कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र सरसफाई सेवा लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बुधबारदेखि असोज ४ गतेसम्म स्थगित गरिएको केसीले बताए ।
प्रतिक्रिया दिनुहोस