३१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । संक्रमितमध्ये ४१ हजार ७०६जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०६८ जना घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस