खेलकुद समाचार

भलिबल संघद्वारा खेलाडीलाई राहत हस्तान्तरण

rahat for volleyball players

३१ भदौ, काठमाडौं । राष्ट्रिय टिमका भलिबल खेलाडीहरुलाई नेपाल भलिबल संघ (एनभीएले) राहत वितरण सुरु गरेको छ । संघले समिती गठन गरी राहत वितरण सुरु गरेको हो । संघले पहिलो चरणमा राष्ट्रिय भलिबल टोलीका सदस्यद्वय सलिना श्रेष्ठ, उषा भन्डारी र बिच भलिबलका राजु बिकलाई राहत सहयोग गरेको हो ।

राहत समितिका संयोजक तथा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के तथा संघका सचिव तथा समितिका सह–संयोजक मनविर छन्त्यालले सलिनाको निवास दक्षिणकाली नगरपालिका टौदह र उषाको निवास टोखा नगरपालिका नयाँ बसपार्कमा पुगेर राहत हस्तान्तरण गरेका हुन् । यस्तै संघले गृह जिल्ला बाग्लुङमा रहेका बिच भलिबलका राजु विकलाई उनकै खातामा आर्थिक सहयोग पठाइसकेको संयोजक मास्केले जानकारी दिइन् ।

कोरोना महामारीका बेला प्रभावित भएका खेलाडीहरुलाई सहयोग गर्ने अभियान स्वरुप पहिलो चरणमा ३ खेलाडीलाई सहयोग गरेको मास्केले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस