
३१ भदौ, काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँका दरले घटाएको हो ।
बुधबार भारतीय आयल कर्पोरेन (आइओसी)बाट डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले साविकको मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययाले जानकारी दिए ।
योसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य ९० रुपैयाँ प्रतिलिटिर कायम भएको छ । अन्य पेट्रोल, हवाई इन्धन, एजपी ग्यासँ लगवायतका इन्धनको मूल्यमा कुनै घटबढ नगरिएको निगम प्रवक्ता उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस