समाचार

उपत्यकामा जोरबिजोर कायमै रहने, व्यवसाय पूर्ण रुपमा खुल्ने

kathmandu check point

३१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली नहट्ने भएको छ ।

उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् । सोही अनुसार कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन ।

यससँगै प्रशासनले यसअघि लागू गरेको बार अनुसार पसल खोल्ने व्यवस्था हटाइएको छ । अब जुनसुकै दिन पनि पसल, व्यवसाय सञ्चालन हुनेछन् । तर, सवारीसाधनमा लागू भएको जोर–विजोर प्रणाली भने कायमै राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस