३१ भदौ, काठमाडौं । सरकारले लकडाउन घोषणा गरेपछि बन्द अवस्थामा रहेको चन्द्रागिरी केबलकार भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० र स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिए ।
“यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, माक्स, स्यानिटाइजर, पञ्जाको अनिवार्य व्यवस्था गरी प्रत्येक केबलकारमा आधामात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेका छौँ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस