समाचार

पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा २ जना ट्याङ्कर चालक पक्राउ

arrest 2

३१ भदौ, वीरगञ्ज । पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा दुई जना ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने ना.७ ख ३९२३ को ट्यांकर चालक वर्ष २६ को राजेश विश्‍कर्मा र मकवानपुरको हेटौडा नगरपालिका–११ नवलपुर बस्ने ना.७ ख ४०९३ को ट्यांकर चालक वर्ष २९ को सन्तोष खड्का रहेका छन् ।

उनीहरुले ट्यांकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा पेट्रोलमा मिसावट गरेको प्रहरीले जनाएको छ । २ नं. प्रादेशिक कार्यालय अमलेखगंजमा ट्यांकर खालि गर्नुपूर्व निगमको गुणस्तर बिनियमावाली अनुरुप गुणस्तर चेकजाँच गर्दा मिसावट रहेको पाइएको थियो ।

निजहरूलाई पक्राउ गरी  कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धानका लागि १० दिनको म्याद थपको अनुमति दिएको र उनीहरुमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस