
१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अोलीले आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले सो अवसरमा दुवै देशको बीचमा रहेको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्ने कार्यलाई जारी राख्ने पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदी आज ७० वर्षमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस