
१ असोज, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेकाे छ । महासंघका अनुसार बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस