समाचार

देवदहको क्वारेन्टिनमा एक युवाले गरे आत्महत्या

Death Body

१ असोज, बुटवल । रुपन्देहीको देवदहमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।

देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेनिमा सोही वडाका २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा बस्दै आएका थिए ।

आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि रुपन्देहीको देवदवमा नै क्वारेन्टिन सुरक्षागार्डका रुपमा बसेका एक स्थानीय युवाले आत्महत्या गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस