१ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।
ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेय क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका छन् ।
यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एन.टि.भि. रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर श्री लुट बहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री चक्र बहादुर अधिकारीले संयुक्त रुपमा गरे ।
यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरूलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।