सूचना प्रविधि

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

ntc

१ असोज, काठमाडौं । नेपाल टेलिकमले असोज ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा विभन्नि अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार अनलिमिटेड युट्युब अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध उपलब्ध गराउने भएको हो ।

यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *