विश्व/प्रवास

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५१ लाख नाघ्यो

covid 19 india art

१ असोज, काठमाडौं ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५१ लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९७ हजार ८९४ नयाँ संक्रमित थपिएका थिए ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८३ हजार १९८ जना पुगेको छ ।  भारतमा कुल संक्रमितमध्ये नौ लाख १० हजार ९ हजार ९७६ जना अझै पनि अस्पतालमा उपचाररत या आइसोलेसनमा रहेका छन् ।

त्यस्तै ४० लाख २५ हजार ८० जना संक्रमणमुक्त भइसकेका छन् । सो मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने अनुपात करिब ७९ प्रतिशत रहेको छ । निको हुने यो दरलाई भारतीय अधिकारीहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।

भारतमा अहिलेसम्म ६ करोडभन्दा बढी नागरिकमा कोरोना भाइससम्बन्धी पिसिआर परीक्षण गरिएको बताइएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले भारतमा हिजोमात्र ११ लाख ३६ हजारभन्दा बढीको परीक्षण गरिएको बताएका छन् ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *