राजनीति

नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍यो

Nekapa Sachabalaiya Meeting

२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आइतबारसम्म सरेको छ। शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी सारिएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो । सचिवालय बैठकपछि मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर समेत गर्ने नेकपाको तयारी छ ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले शुक्रबार पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो ।

यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राखिँदै आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस