जीवनशैली

कोरोनाले १५ करोड बालबालिकालाई गरिबीमा धकेल्यो

poor children

२ असोज, काठमाडौं । बालबालिकाको क्षेत्रमा कार्यरत संस्था यूनिसेफका अनुसार कोरोना महामारी र कलडाउन जस्ता संकटका कारण विश्वमा १५ करोड भन्दा धेरै बालबालिका गरिबीको दलदलमा धकेलिएका छन् ।

कोरोना संकटका कारण गरिब भएका बालबालिका मिलाएर अब संसारमा करिब १.२ अर्ब बालबालिका गरिब भएका छन् । बालबालिकाको गरिबीबारे यो नयाँ विश्लेषण युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनले गरेको हो ।

ताजा रिपोर्टका अनुसार कोरोनाको समयमा करोडौं बालबालिका गरिब भए भने पहिले नै गरिब भएका बालबालिका थप गरिब भएका छन् ।

यो अध्ययन अनुसार महामारी र लकडाउनका बेला यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतको वृद्धि भएको छ जसले शिक्षा, स्वास्थ्य, घर, पोषण, सर–सफाई र पिउने पानीको सुविधा पाउँदैनन् । युनिसेफले अबको समयमा स्थिती थप बिग्रन सक्ने चेतावनी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस