समाचार

बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो आज ?

gold shop

२ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ४ सय रुपैयाँ प्रतितोलाका दरले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार। शुक्रबार ४ रुपैयाँ प्रतितोलाका दरले सुको मूल्य बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ प्रतितोला पुगेको हो ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ रहेको थियो । बुधबारको तुलनामा ९ सय रुपैयाँले घटेर उक्त मूल्य कायम भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बिहीबार तोलामा १,३२० रुपैयाँमा कारोबार भएको चाँदी आज १,३३० मा कारोबार भइरहेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस