
२ असोज, चितवन । तीन ठाउँमा पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक साढे चार घण्टापछि सञ्चालनमा आएको छ ।
बिहान ६ बजेबाट अवरुद्ध भएको सडक साढे १० बजेबाट एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । बाटो खुलेपनि सवारी साधनको लामो जाम भने अझै हटेको छैन् ।
पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दैनिकजसो अबरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस