समाचार

दाङमा गाडीको ठक्करबाट १८ वर्षीय युवकको मृत्यु

road accident

२ असोज, दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जना युवकको  मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

शुक्रवार बिहान करिब साढे २ बजे तिर गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।  कुँवरको बिहान ७ बजेर १५ मिनेटमा लमहीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडीको खोजी भैरहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस