समाचार

रुपन्देहीमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

missing in river

२ असोज, बुटवल । रुपन्देहीमा खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ हात्तीडाँडास्थित रोहिणी खोलामा डुबेर पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ अस्नैया बस्ने १५ वर्षीय करण रानाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनी दाजुसहित ८ जनाको टोली बनाए पौडी खेल्न गएका थिए । पानीमा बेपत्ता भएपछि स्थानीयहरुले खोजतलास गरेका थिए । अन्ततः उनी मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस