समाचार

प्याजमा कालोबजारी गर्ने बाराका ब्यापारी पक्राउ

onion

२ असोज, बारा । प्याजको कालोबजारी गरेको आरोपमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका सञ्चालक सोही ठाउँ बस्ने चन्दन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

खरिद मूल्यभन्दा दोब्बरमा बिक्री गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले बताए । प्याजको कृतिम अभाव देखाएर साहले ४३ रुपैयाँमा खरिद गरको प्याज ८० रुपैयाँमा बेचेका थिए ।

बिहिबार पक्राउ गरिएका उनलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस