२ असोज, धनुषा । जनकपुर–जयनगर चल्ने रेल शुक्रवार जनकपुरधाम स्टेसनमा आइपुगेको छ ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।
रेलगाडी हेर्न अहिले स्थानीवासीहरुको जनकपुरधाममा भीड लागेको छ । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको थियो । रेल शुक्रबारनै जयनगर फर्किने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस