पर्यटन

सफ्ट्वेरिका कलेजले दस विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने

softrica college tour

२ असोज, काठमाडौं । बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलजे अफ आइटी एन्ड ईकमर्सले दस जना विद्यार्थीलाई बेलायतमा निःशुल्क अवलोकन भ्रमण गराउने भएको छ ।

विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुले यात्राका बेला लन्डन आई टावर ब्रिज, लन्डन म्यूजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अवलोकन गर्ने तालिका रहेको श्रेष्ठले बताए ।

१० दिनका लागि करिब ५० लाख खर्चेर कलेजले विद्यार्थीको आवतजावतको टिकट, बसोबासको व्यवस्था गरेको कलेजका बिजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए ।

विभिन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गर्ने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति र पढाईमा लगनशील विद्यार्थी छनौट गरिने कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

कलेजका २६ र २७ ब्याच सहभागी हुने भ्रमणमा ३० प्रतिशत सिट महिला विद्यार्थीको रहने पौडेलले जानकारी दिए । १५ नोभम्बर, २०२० सम्म आवेदन लिएर २०२१ मा अवलोकन भ्रमण गराइने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस