
२ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटीले चोरीमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएका ४ जना आरोपी हिरासतबाटै फरार भएका छन् ।
गएराती सोधपुछका लागि ल्याएका ४ जना आरोपी भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।
ज्ञवालीका अनुसार ड्यूटी अफिसर सुतेको बेला हत्कडीसहित अनिल जैसवाल, सुजित गुप्ता, अंशु जैसवाल र रविन्द्र अग्रवाल भागेको पाइएको छ । प्रहरीले उनीहरुले लगाएको एउटा हत्कडी भने बरामद गरेको छ ।
फरार चारै जनाको खोजी भइरहेको ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस