अटो

सुजुकीको दशै तिहार योजनाः स्कुटर खरिद गर्दा १२ हजार नगद छुट

suzuki dashain offer

२ असोज, काठमाडौं । सुजुकी कम्पनिको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोवाईल्स प्रालीले स्कुटरको खरिदमा १२ हजार नगद छुट दिने भएको छ ।

आउँदै गरेको वडा दशै, शुभदिपावली तथा छठ पर्व लाई लक्षित गरि आफ्ना ग्राहकवर्गहरुका लागि सुजुकी दशै तिहार अफर स्वरूप सो छुट दिएको हो । साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रहि चाडपर्व मनाउन र सुजुकी दशैं तिहार अफरको फाइदा लिन आह्वान गरेको छ ।

सुजुकी दशैं तिहार अफरले ग्राहकवर्गहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाइनहरुको मोटरसाइकल तथा स्कुटरहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस