२ असोज, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मीको शव फेला परेको छ ।
स्थानीय रेडियो कैलाली एफएममा कार्यरत करिब २३ वर्षीय निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाकाप्रहरी कार्यालय सुखडले जनाएको छ ।
इलका प्रहरी कार्यालय सुखडका प्रमुख बोहराले बिहीबार प्रहरीमा खबर आए लगत्तै खोजी कार्य सुरु भएको बताए । खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव वडा नम्बर ५ को जङ्गलमा रूखमा झुण्डिएको अवस्थामा मृत फेला पारेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पहराइ रेडियो कैलालीमा समाचार वाचीकाको रूपमा कार्यरत थिइन् । उनको रहस्यम मृत्यु भएको भन्दै अनुसन्धानको लागी प्रहरीले एफएममा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस