समाचार

कुलमानको पक्षमा प्रदर्शन गर्ने व्यक्ति घाइते

manish shrestha

२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने व्यक्ति घाइते भएका छन् ।

शुक्रबार बुद्धनगरमा प्रदर्शन गर्न निस्किएपछि प्रहरीले लखेट्ने क्रममा आफै लडेर उनी घाइते भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। घाइते हुनेमा मनिस श्रेष्ठ छन्। प्रदर्शनकारीले भने प्रहरीको कुटाईबाट घाइते भएको बताएका छन्।

एसपी राठौरका अनुसार उनलाई उद्धार गरी ट्रमा सेन्टरमा लगिएको छ । श्रेष्ठको टाउकोमा चोट लागेको छ । यसअघि बिहीबार पनि प्रहरीले माइतीघरमा १०० समूहका युवा अभियन्ता बब्लु गुप्तालाई कुटपिट गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस