खेलकुद समाचार

आजबाट आईपीएल सुरु: आज मुम्बइ इण्डियन्स र चेन्नइ सुपरकिंग्स भिड्दै

chennai vs mumbai

३ असोज, काठमाडौं । आजबाट युएईमा इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं सिजन सुरु हुँदैछ ।

आज पहिलो म्याच डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स र चेन्नइ सुपर किंग्सबीच अबुधावीमा हुनेछ । आईपीएलको इतिहासमा यी दुई टोलीले चौथो पटक ओपनिङ म्याच खेल्दैछन् ।

अहिलेसम्म भएका ३ ओपनिङ म्याचमा २ म्याच मुम्बई इण्डियन्स र एक चेन्नई सुपरकिंग्सले जितेको छ । आईपीएलको फाइनल खेल १० नोभेम्बरमा हुनेछ । यस बेलामा ५३ दिनमा ८ टिमले १४/१४ म्याच खेनेछन् ।

टुर्नामेन्टमा एक एलिमिनेटर, २ क्वालिफायर र फाइनल समेत ६० म्याच हुनेछन् । खेल नेपाली समयानुसार आज बेलुकी ७ बजेर ४५ मिनेटबाट शुरु हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस