समाचार

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

road accident

३ असोज, चितवन । चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक एक जनाको मृत्यु भएको छ ।

भरतपुर–६ पारसनगरस्थित गीतानगरबाट सिताराम चोकतर्फ जाँदै लु १ च ४४३५ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका वडा नं. ६ पारसनगरमा ठक्कर दिँदा भरतपुर २३ का ३७ वर्षीय ज्योती दराईको मृत्यु भएको हो ।

उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा विहान ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस