समाचार

२४ घण्टामा थपिए १ हजार २०४ कोरोना संक्रमित

map of nepal

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार २०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

संक्रमितमध्ये ४५ हजार २६७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४०१ जनाको मृत्यु भएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस