
३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, शनिबार नेपालमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । संक्रमितमध्ये ४५ हजार २६७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४०१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस