समाचार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

covid 19 dead body

३ असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय नाघेको छ । बितेको २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४०१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षिया, सर्लाहीमा ५६ वर्षिया तथा ललितपुरमा ७६ र ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षिया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ६० वर्षिय, काठमाडौंमा ७५ वर्षिय, रुपन्देहीमा ६९ वर्षिय र बाँकेमा ४५ वर्षिय पुरष गरी ४ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस